काठमाडौं- नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ।
मुटु रोगबाट ग्रसित उनको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको हो।
बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङ स्थायी घर भएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद थिइन्। उनी २०७० सालको संविधानसभामा पनि सभासद थिइन्।
उनको आजै दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेसले जनाएको छ।
