मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गण्डकी प्रदेशमा थप २८ जनामा काेराेना पुष्टि, कुन जिल्लामा कति थपिए ?

गण्डकी प्रदेशमा थप २८ जनामा काेराेना पुष्टि, कुन जिल्लामा कति थपिए ?

थपिएका संक्रमितहरु नवलपरासी पूर्वका १२, स्याङ्जाका ८, वाग्लुङका ३, गोरखाका ३, तनहुँका १ र कास्कीका १ जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

पोखरा- गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रदेश क्षयरोग केन्द्र पोखरा, पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा थप २८ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितहरु नवलपरासी पूर्वका १२, स्याङ्जाका ८, वाग्लुङका ३, गोरखाका ३, तनहुँका १ र कास्कीका १ जना रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

नवलपरासी पूर्व र कास्कीका सबै संक्रमितलाई आईसोलेसन राखिसकिएको छ भने गोरखा शहिदलखन गाउँपालिकाको संक्रमितलाई कोरोना अस्पताल, भरतपुर राखिएको छ ।

अन्य जिल्लाका सबै व्यक्तिहरुलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता विनोद विन्दु शर्माले जानकारी दिए ।

२८ जना संक्रमित थपिएसँगै गण्डकी प्रदेशमा कोरोनाबाट संक्रमित हुनेको संख्या ९ सय ९४ पुगेको छ ।

प्रकाशित: Jul 01, 2020| 09:47 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।