मंगलबार, भदौ ९, २०८३

दैलेखमा इन्जिनियरसहित चार जना घूससहित नियन्त्रणमा

दैलेखको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित चार जना घूससहित पक्राउ परेका छन्।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

दैलेखको खानेपानी, सिंचाई तथा उर्जा विकास कार्यालयका निमित्त कार्यालय प्रमुख (इन्जिनियर) टोपेन्द्र सुन्दर मल्लसहित चार जना घूससहित पक्राउ परेका छन्।

भगवतीमाई गाउँपालिका–३ सानटडा खोला तटवन्धन निर्माणमा उपभोक्ताबाट लिएको दुई लाख ४१ हजार १६ रुपैयाँ घूससहित चार जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नियन्त्रणमा लिएको हो।

तटवन्ध निर्माणको अन्तिम किस्ता भुक्तानी लिँदा उपभोक्ताबाट घूस लिएको आरोपमा मल्लसहित सव–इन्जिनियर द्वय विरेन्द्र चन्द र रन्जित श्रेष्ठ तथा सुरपभाइजर लक्ष्मी पाण्डेलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

घूस लिएको उजुरीका आधारमा आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले मल्ललाई कार्यालय परिसरबाट र चन्दलाई कार्यस्थलबाट नियन्त्रणमा लिएको प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।

नियन्त्रणमा लिएपछि खानतलासी गर्दा मल्लको आवासबाट उक्त नगद रुपैयाँ बरामद गरेको अख्तियारले जनाएको छ।

 

प्रकाशित: Jul 01, 2020| 13:26 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।