मंगलबार, भदौ ९, २०८३

सुर्खेतमा अटो चलाउन नपाइने

सुर्खेतमा अटो चलाउन नपाइने भएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन तीन पाङ्ग्रे सवारी साधन अर्थात् अटो सञ्चालनलाई रोक लगाइने भएको हो।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

सुर्खेत- सुर्खेतमा अटो चलाउन नपाइने भएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन तीन पाङ्ग्रे सवारी साधन अर्थात् अटो सञ्चालनलाई रोक लगाइने भएको हो।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना भाइरसको संक्रमण रोकथामका लागि जोर–विजोर प्रणालीलाई यथावत राख्दै तीन पाङ्ग्रे सवारी साधनलाई पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो।

त्यस्तै शुक्रबारदेखि होटल, रेष्टुरेन्टलगायतका खाजा, नास्ता पसलहरु (होमप्याक बाहेक), सैलुन तथा व्युटी पार्लरसमेत पूर्णरुपमा बन्द गरिने भएको छ।

कार्यालयका प्रशासकीय अधिकृत पदमलाल लामिछानेका अनुसार फलफूल, तरकारी, दुध, औषधी पसललगायतका अत्यावश्यक सेवा बाहेकका पसलहरु बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मात्र खुल्ला गर्न पाइने भएको छ।

अत्यावश्यक सेवा पसलहरु भने हप्तामा एक दिन अर्थात् शनिबार पूर्णरुपमा बन्द गर्नुपर्ने छ।

प्रकाशित: Jul 01, 2020| 15:26 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।