मंगलबार, भदौ ९, २०८३

‘प्रधानमन्त्रीले स्पष्ट जबाफ दिनैपर्छ’

सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकमा आज पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको विवादास्पद अभिव्यक्तिबारे जबाफ मागेका छन्।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं- सत्तारूढ नेकपाको स्थायी कमिटी बैठकमा आज पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीको विवादास्पद अभिव्यक्तिबारे जबाफ मागेका छन्।

आफूलाई पदबाट हटाउन राजदूतावास र होटलमा छलफल भइरहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर नेताहरूले स्पष्ट जबाफ दिनुपर्ने माग गरेका हुन्।

स्थायी कमिटीको बुधबारको बैठकमा नेताहरू मातृकाप्रसाद यादव, योगेश भट्टराई, लीलामणि पोखरेललगायत प्रधानमन्त्रीले बोल्नै नहुने कुरा बोलेको भन्दै जबाफ दिनुपर्ने माग गरेको एक स्थायी समिति सदस्यले नेपाल समयलाई जानकारी दिए।

‘प्रधानमन्त्रीले सत्ताबाट हटाउन लागे भनेर कसलाई लक्ष्य गरी भन्नुभएको हो, यसबारे उहाँले स्पष्ट पार्नैपर्छ। अन्यथा उहाँलाई पदमा बसिरहने अधिकार छैन’, नेता यादवलाई उधृत गर्दै ती नेताले भने।

यस्तै नेकपा एमाले दल दर्ता भएको विषयमा पनि उनीहरूले प्रधानमन्त्रीले स्पष्ट जबाफ दिनुपर्ने बताएका थिए।

प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यव्यस्तताका कारण आजको बैठक केहीबेर बसेर स्थगित भएको हो। स्थायी कमिटी बैठक भोलि बिहान ११ बजे बस्नेछ।

स्थायी कमिटी बैठकमा भारतसँगको सीमा विवाद, एमसीसी अनुमोदन, कोरोना भाइरस नियन्त्रणका लागि भइरहेका प्रयास, रुकुम पश्चिम घटनालगायतका एजेन्डा भए पनि भारतसँगको सीमा विवादमा मात्र छलफल भएको छ।

यसपछि बैठक प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति र उनको राजीनामाका विषयमा केन्द्रित छ। मङ्गलबारको बैठकमा शीर्ष नेताहरूले एकै स्वरमा प्रधानमन्त्रीको राजीनामा मागेका थिए।

 

प्रकाशित: Jul 01, 2020| 13:40 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।