मंगलबार, भदौ ९, २०८३

पत्रकार खड्का मृत्युको छानबिन गर्न माग

नेपाल पत्रकार महासङ्घले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का हत्याको छानबिन गर्न सरकारसँग माग गरेको छ ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

नेपाल पत्रकार महासङ्घले डोटी शाखाका सदस्य एवं बाजुरास्थित रेडियो बूढीनन्दामा कार्यरत पत्रकार तेजबहादुर खड्का हत्याको छानबिन गर्न सरकारसँग माग गरेको छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै घटनाको अनुसन्धान र सत्यतथ्य छानबिन गरी पत्रकार खड्काका परिवारलाई राहत र उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका हुन्।

महासङ्घले पेशागत कर्म निर्वाहमा हिँडेका पत्रकार खड्का एक्कासि बेपत्ता हुनु र १५ महिनापछि कङ्गालसँगै फेला परेका सामग्री लामो समयपछि पनि दुरूस्तै देखिनुले घटना रहस्यमय हुनसक्ने भएकोले छानबिन गर्न माग गरिएको उनले बताए।

बाजुरास्थित बूढीनन्दा तीर्थस्थलबाट फर्किने क्रममा २०७५ भदौ ९ गतेदेखि सम्पर्कविहीन रहेका पत्रकार खड्काको २०७६ मङ्सिरमा झोलासँगै पर्स र कङ्काल भेटिएपछि नेपाल प्रहरीको केन्द्रीयविधि विज्ञान प्रयोगशालामा डिएनए परीक्षण गर्दा सो कङ्काल पत्रकार खड्काको नै भएको प्रहरीले पुष्टि गरेको हो ।

रासस

प्रकाशित: Jul 01, 2020| 16:27 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।