मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • गोकुल बाँस्कोटाको घरमा बम पड्काउने मुख्य योजनाकार ठिमीबाट समातिए

गोकुल बाँस्कोटाको घरमा बम पड्काउने मुख्य योजनाकार ठिमीबाट समातिए

पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार मानिएका ऐनबहादुर शाही भन्ने विजय शाहीलाई प्रहरीले पक्राउ गरेको छ ।

गत फागुन २८ गते बिहान मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा आँखा अस्पताल नजीकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएको अभियोगमा फरार रहेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व भक्तपुरका सेक्रेटरीसमेत रहेका शाहीलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रहरीले कालीकोट स्थायी घरभएका शाहीलाई ठिमीबाट पक्राउ गरेको बताउँदै उनले जिल्ला अदालतबाट म्याद थप भई थप अनुसन्धान शुरु गरिएको जानकारी दिए। बम विस्फोटमा संलग्न रहेको अभियोगमा प्रहरीले यसअघि नै अभिषेक भन्ने टेकबहादुर विक, अमृतबहादुर कुमाल, लक्ष्मण सेठी, देवीबहादुर गुरुङलाई पक्राउ गरेको थियो ।

जसमा जिल्ला अदालत भक्तपुरले चैत ३० गते देवीबहादुर गुरुङलाई साधारण तारेखमा छोडेको र अन्य तीन जनालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरी थप अनुसन्धान एवं कारवाही अगाडि बढाएको गिरीले जानकारी दिए।

प्रकाशित: Jul 01, 2020| 16:28 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।