सोमबार, जेठ २६, २०८२

घेराबन्दीमा ओली, के होला अबको रणनीति ?

पार्टीभित्र घेराबन्दीमा परेपछि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानैदेखि आफूनिकटका नेताहरूसँग परामर्श गरेर स्थायी समिति बैठकमा सहभागी हुने भएका छन्।
 |  बुधबार, असार १७, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

vianetvianet

काठमाडौं– पार्टीभित्र घेराबन्दीमा परेपछि नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहानैदेखि आफूनिकटका नेताहरूसँग परामर्श गरेका छन्। परामर्शपछि मात्र उनी स्थायी समिति बैठकमा सहभागी हुने भएका छन्।

बैठकअघि आज नै दुई अध्यक्षबीच पनि छलफल भएको छ।

ओलीले पार्टी एकताका पक्षमा माहोल बनाउन केही स्थायी समिति सदस्य र सरकारका मन्त्रीहरूलाई बालुवाटारमा बोलाएर छलफल गरेको एक स्थायी कमिटी सदस्यले नेपाल समयलाई जानकारी दिए।

मंगलबारको बैठकमा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरू माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठसहित १७ जना स्थायी समिति सदस्यले एकै स्वरमा प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा मागेपछि ओली घेराबन्दीमा परेका हुन्।

घेराबन्दीमा परेका ओलीले पार्टीलाई एकताबद्ध बनाउन भन्दै अर्को समूहका स्थायी कमिटी सदस्यलाई समेत बालुवाटारमा बोलाएर छलफल गरेका छन्।

National life insurance

पार्टीभित्रको विकसित राजनीतिक घटनाक्रमबारे ओली निकै तनावमा देखिएको ती नेताले बताए।

‘पार्टीलाई जसरी पनि एकताबद्ध बनाएर लैजानुपर्छ भन्नेमा प्रधानमन्त्रीको जोड छ’, बुधबार बिहान बालुवाटारमा छलफलमा सहभागी ती स्थायी कमिटी सदस्यले भने। छलफलका क्रममा केही नेताहरुले भने प्रधानमन्त्रीले बोल्नै नहुने कुरा बोलेको भनेर असन्तुष्टि व्यक्त गरेका थिए।

उनका अनुसार बैठकमा सहभागी स्थायी कमिटी सदस्यहरूले पनि पार्टी एकताबद्ध भएर अघि बढ्नुको विकल्प नभएको बताएका थिए। छलफलमा स्थायी कमिटी सदस्यरू देवेन्द्र पौडेल, मणि थापा, चक्रपाणि खनाल लगायत र अधिकांश मन्त्रिपरिषद्का सदस्यहरु सहभागी थिए।

बैठकमा संसद्को अधिवेशन अन्त्य गर्ने, पार्टी एकताका बाँकी कामलाई तीव्रता दिने, मन्त्रिपरिषद्का केही सदस्य फेरबदल गर्ने लगायतका विषयमा छलफल भएको स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार बिहीबारको बैठकले प्रधानमन्त्री ओलीमाथि कारबाही गर्ने सम्भावना पनि प्रबल छ। आफूलाई पदबाट हटाउन होटल र राजदूतावासमा छलफल भइरहेको अभिव्यक्ति दिएपछि पार्टीमा उनको तीव्र आलोचना भएको छ।

यसै विषयमा ओलीसँग मंगलबारको स्थायी कमिटी बैठकमा सबै नेताहरूले जबाफ मागेपछि उनले उपयुक्त जबाफ दिन सकेका थिएनन्।

यस्तै नेकपा एमाले नामक नयाँ दल दर्ताका बारेमा पनि नेताहरूले ओलीसँग जानकारी मागेका थिए। यसबारे पनि उनले गोलमटोल जबाफ दिएर पन्छिएका छन्।

यसैबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे पूर्व माओवादी पक्षबाट सरकारमा सहभागी मन्त्रीहरू भने मौन देखिएका छन्। पूर्व माओवादी समूहका मन्त्रीहरु ओलीका पक्षमा रहँदा संसदीय दलमा ओली बलियो देखिन्छन्।

अहिले ओली पक्ष र नेपाल–दाहाल पक्ष आ–आफ्नो रणनीति बनाउनमा ब्यस्त छन्। बिहीबारको बैठकअघि पनि नेपाल–दाहाल पक्षले अब कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल गरेका छन्।

प्रकाशित: Jul 01, 2020| 11:55 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।