मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न नेविसंघको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न नेविसंघको माग

कोरोना भाइरस महामारीले जनताको जीवन कष्टकर भइरहेका बेला सहुलियत दिनुको सट्टा सरकारले नागरिकलाई पीडा दिएको भन्दै संघले यस्तो माग गरेको हो।
 |  बुधबार, असार १७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, असार १७, २०७७

काठमाडौं- नेपाली कांग्रेसको विद्यार्थी भ्रातृ संगठने पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता लिन सरकारकासँग माग गरेको छ।

कोरोना भाइरस महामारीले जनताको जीवन कष्टकर भइरहेका बेला सहुलियत दिनुको सट्टा सरकारले नागरिकलाई पीडा दिएको भन्दै संघले यस्तो माग गरेको हो।

सरकारले डिजेल प्रतिलिटर र मट्टितेलमा दुई रुपैयाँ तथा पेट्रोलमा पाँच रुपैयाँ मूल्य बढाएको छ।

संघले बुधबार विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मूल्यवृछि तत्काल फिर्ता नगरिए नेविसंघ कडा आन्दोलनमा उत्रने चेतावनी दिन चाहन्छौं।'

प्रकाशित: Jul 01, 2020| 16:26 बुधबार, असार १७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।