भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराउने कार्य दु्रत गतिमा अगाडि बढ्ने भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले बताएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको बताएका छन्।
बालुवाटारस्थित ललितानिवास क्याम्पभित्रको सरकारी, सार्वजनिक जग्गा हिनामिना प्रकरणमा प्रतिवादी बनाइएका पूर्व भूमिसुधारमन्त्री चन्द्रदेवी जोशी साधारण तारेखमा छुटेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भई रमाना लिन बाँकी स्वास्थ्य सेवाका कर्मचारीलाई साविककै कार्यालयमा काम गर्न निर्देशन दिएको छ।