आइतबार, वैशाख ७, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ‘मैले मात्रै एकता एकता भनेर हुँदैन, ओलीजीले नै पहल लिनुपर्छ’

‘मैले मात्रै एकता एकता भनेर हुँदैन, ओलीजीले नै पहल लिनुपर्छ’

सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीले नै पहल गर्नुपर्ने बताएका छन्।
 |  सोमबार, मंसिर ८, २०७७
nespernesper

बीपी अनमोल

बीपी अनमोल

सोमबार, मंसिर ८, २०७७

vianetvianet

काठमाडौं– सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि प्रधानमन्त्री एवम् अर्का अध्यक्ष केपी शर्मा ओलीले नै पहल गर्नुपर्ने बताएका छन्।

triton college

पार्टी स्थायी कमिटी सदस्यद्वय टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसँग सोमबार भएको भेटमा अध्यक्ष दाहालले एकताका लागि प्रधानमन्त्रीको थप पहल आवश्यक रहेको बताएका हुन्।

‘पार्टी एकता मैले मात्रै गरेर हुन्न नि त, प्रधानमन्त्रीले पहल लिनुपर्‍यो,’ दाहाललाई उधृत गर्दै गजुरेलले भने।

पार्टीभित्र देखिएको समस्या समाधानका लागि केही दिनदेखि नेकपाका दोस्रो तहका नेता सक्रिय छन्। 

मुख्य रुपमा पूर्वमाओवादी समूहका नेता रायमाझी र गजुरेलको सक्रियता बढेको छ। 

National life insurance

उनीहरुले अध्यक्ष दाहाललाई भेटेर पार्टी एकता जोगाउन आग्रह गरेका थिए।

‘हामीले अहिलेसम्मको अवस्थाबारे भन्यौं। जनता र कार्यकर्ता फुटको विपक्षमा छन्,’ दाहालसँगको छलफलपछि गजुरेलले भने, ‘पार्टी दुर्घटनातिर गइरहेको छ। अब तपाईंहरुले पार्टीलाई एउटा विधि पद्धतिमा चलाउनुपर्‍यो।’

नेताद्वयले पार्टी र सरकारको भूमिका प्रभावकारी हुनुपर्ने र अहिल्यै फुटको दिशामा गयो भने दुर्घटना निम्तिने खतरा रहेको दाहाललाई प्रस्ट पारेका थिए।

‘परिवर्तनका सबै एजेन्डामा प्रश्न खडा हुनेछ। विरोधीले खेल्नेछन्। त्यसै पनि फुटाउन खोजिरहेका छन्। हामीले अध्यक्षलाई भन्यौं,’ उनले भने, ‘हामी एकताका पक्षमा छौं। त्यही भएर छलफल गर्न आएका हौं। अरु आशंका केही गर्नु पर्दैन।’

प्रत्युत्तरमा अध्यक्ष दाहालले आफू पनि एकताकै पक्षमा रहेकाले शंका नगर्न आग्रह गरेका थिए।  

प्रधानमन्त्री एवम् अर्का अध्यक्ष ओलीले पनि एकताको भावलाई समात्नुपर्ने र त्यसैअनुसार अघि बढ्नुपर्ने दाहालको भनाइ थियो। 

नेताद्वय रायमाझी र गजुरेलले प्रधानमन्त्री ओलीसँग पनि भेटेर पार्टी एकता जोगाउन आग्रह गरिसकेका छन्। 

‘हामीले पछिल्लो समय तपाईंले एकतर्फी रुपमा निर्णय गर्दा जनता र कार्यकर्तामा भ्रम पर्‍यो भनेर प्रधानमन्त्रीलाई पनि भनेका छौं’, गजुरेलले भने, ‘सबैलाई समेटेर लैजाने काम भएन। स्थायी कमिटीको निर्णयअनुसार काम भएन भन्ने परेको छ भनेर प्रस्ट्याएका हौं।’

प्रधानमन्त्रीलाई समेत पार्टीलाई नयाँ शिराबाट अघि बढाउन पहल लिन आग्रह गरेको भन्दै नेता गजुरेलले पार्टीभित्र देखिएको विवाद समाधानका लागि आफूहरुको भूमिका थप प्रभावकारी बनाइने बताए। 

गजुरेलले नेताकार्यकर्तासँगका पछिल्ला भेटघाट हेर्दा कोही पनि फुटका पक्षमा नरहेको बताए।

२८ कात्तिकमा बसेको सचिवालयको बैठकमा पुष्पकमल दाहालले १९ पृष्ठ लामो राजनीतिक दस्तावेज प्रस्तुत गरेपछि नेकपामा थप संकट देखापरेको छ।

३ मंसिरमा बैठक बस्नै नसक्ने वातावरण बनेको बेला अन्ततः प्रधानमन्त्री ओली पनि सहभागी हुन तयार भए। 

दाहालले बुझाएको प्रतिवेदनको लिखित रुपमा नै दस्तावेजमार्फत पेस गर्ने भनेपछि नेकपाको सचिवालय बैठक १३ मंसिरसम्मका लागि स्थगित भएको छ। अहिले ओली समूह बैठकमा पेस गर्ने दस्तावेज तयार गर्न सक्रिय छ। 

यसका लागि उपप्रधानमन्त्री एवम् सचिवालय सदस्य ईश्वर पोखरेल खटिएका छन्। 

प्रकाशित: Nov 23, 2020| 10:49 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।