शुक्रबार, भदौ २६, २०८३

प्रधानमन्त्री ओली ताप्लेजुङ र इलाम भ्रमणमा

प्रधानमन्त्री केपी ओली ताप्लेजुङको घुन्सा पुगेका छन्।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी ओली ताप्लेजुङको घुन्सा पुगेका छन्।

घुन्सा फाउन्डेसनले निर्माण गरेको स्वास्थ्य चौकी भवन उद्घाटन गर्न हेलिकोप्टर चढेर उनी त्यहाँ पुगेका हुन्। उक्त फाउन्डेसनले देशविदेशबाट रकम संकलन गरेर भवन निर्माण गरेको हो।

घुन्सा पुगेका प्रधानमन्त्रीलाई स्थानीयले स्वागत गरेका छन्। घुन्सा कञ्चनजंघा हिमालको काखमा अवस्थित बस्ती हो। 

घुन्सापछि प्रधानमन्त्री ओलीको टोली इलाम पुग्‍ने कार्यक्रम छ। उनले त्यहाँ सन्दकपुरमा निर्मित सशस्त्र प्रहरीको बीओपी निरीक्षण गर्नेछन्।

यसअघि कात्तिक २६ मा ओली बीओपीको निरीक्षण गर्न संखुवासभा पुगेका थिए।

प्रकाशित: Nov 23, 2020| 07:32 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।