शुक्रबार, भदौ २६, २०८३

संक्रमणमुक्त हुनेको संख्या दुई लाख बढी  

कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ । 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं– कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख नाघेको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ४३ जना संक्रमणमुक्त भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख दुई हजार ६७ पुगेको हो। 

यो कुल संक्रमित मध्ये ९०.९ प्रतिशत हो। सोमबार थपिएकासँगै कुल संक्रमितको संख्या दुई लाख २२ हजार २८८ पुगेको छ। 

संक्रमणमुक्त हुनेमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा एक लाख आठ हजार ७५ जना छन्। 

त्यस्तै प्रदेश–१ मा २३ हजार ७६७, प्रदेश–२ मा १९ हजार १९१, गण्डकीमा ११ हजार ३७६, लुम्बिनी प्रदेशमा २२ हजार ५४ जना संक्रमणमुक्त भएका छन्। 

मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा पाँच हजार ८४२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ४८६ जना संक्रमणमुक्त भएका छन्। 

प्रकाशित: Nov 23, 2020| 10:51 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।