शुक्रबार, भदौ २६, २०८३

प्रदेश १ मा २२८ संक्रमित थपिए, ९१ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२८ जना कोरोना संक्रमित थपिएका छन्।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा प्रदेश १ मा २२८ जना कोरोना संक्रमित थपिएका छन्।

झापामा ९२, सुनसरीमा ५१, मोरङमा ३५, संखुवासभामा ११, ताप्लेजुङमा १०, खोटाङमा ४, इलाम, उदयपुर र धनकुटामा ३–३, तेह्रथुम र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

झापाको दमकमा ४९, मेचीनगरमा ९, कनकाईमा ८, भद्रपुरमा ६, विर्तामोडमा ५, अर्जुनधारामा ४, कमल गाउँपालिका, कचनकवल, शिवसताक्षी र झापा गाउँपालिकामा २–२, हल्बिारी, बुद्धशान्ति र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरी र धरानमा २०–२०, बराहक्षेत्रमा ४, बर्जुमा ३, इनरुवामा २, रामधुनी र भोक्राहानरसिंहमा १–१, मोरङको विराटनगरमा २४, बेलबारी, रंगेली र सुन्दरहरैचामा २–२, पथरीशनिश्चरे, बुढीगंगा, लेटाङ, मिक्लाजुङ र स्थानीय तह नखुलेका १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

उता संखुवासभाको चैनपुरमा १, मकालुमा १०, ताप्लेजुङको फुङलिङमा ९, पाथीभरा याङवरकमा १, खोटाङको खोटेहाङमा ४, इलामको इलाम नगरपालिकामा २, स्थानीय तह नखुलेका १, उदयपुरको त्रियुगामा २, चौदण्डीगढीमा १, धनकुटाको धनकुटा नगरपालिका, महालक्ष्मी र चौविसेमा १–१, तेह्रथुमको लालीगुराँसमा १, भोजपुरको आमचोकमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २५ हजार ५१८ पुगेको छ। 

प्रदेश १ मा सोमबार ९१ जना डिस्चार्ज भएका छन्। होम आइसोलेसनबाट ८७, मेची अस्पतालबाट ३ र विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २० हजार ९९० पुगेको छ। 

प्रदेश १ मा सोमबार ९८५ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये ८० महिला र १४८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो। हालसम्म १ लाख ८४ हजार ३९९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित: Nov 23, 2020| 11:01 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।