शुक्रबार, भदौ २६, २०८३

दाङका १० क्रसर उद्योग बन्द गर्न निर्देशन 

मापदण्ड विपरीतका १०  क्रसर उद्योग बन्द गर्न स्थानीय प्रशासनले आदेश दिएको छ। 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

दाङ– मापदण्ड विपरीतका १०  क्रसर उद्योग बन्द गर्न स्थानीय प्रशासनले आदेश दिएको छ। 

जिल्ला प्रशासन कार्यालय दाङले अनुमतिविना सञ्चालित क्रसरलाई १५ दिनभित्र बन्द गर्न निर्देशन दिएको हो। 

बालुवा प्रशोधन गर्ने गरी उद्योग दर्ता गरेर क्रसर उद्योग सञ्चालन गरेको भन्दै बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए। 

प्रजिअ आचार्यले १५ दिनभित्र बन्द नगरे दर्ता खारेज र थप कानुनी कारबाही गरिने बताए। 

प्रशासनले गणेश बालुवा वासिङ उद्योग, स्वर्गद्वारी स्किन प्लान्ट प्रालि, जनविश्वास बालुवा वासिङ उद्योग, केएण्डएस बालुवा प्रशोधन वासिङ उद्योग, मङ्गलम बालुवा प्रशोधनलगायत उद्योगलाई बन्द गर्न निर्देशन दिएको छ। 

त्यस्तै  बगारबाबा बालुवा प्रशोधन उद्योग, पाण्डेश्वर बालुवा वासिङ उद्योग, जयबागेश्वरी बालुवा प्रशोधन उद्योग, दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरि एग्रिगेट बालुवा वासिङ उद्योग पनि बन्द हुने भएका छन्। 
 

प्रकाशित: Nov 23, 2020| 08:07 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।