काठमाडौं- नेपालमा गएको २४ घण्टामा १ हजार ९८० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ भने यही अवधिमा संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ।
स्वास्थ्यमन्त्रालयका अनुसार यो वृद्धिसँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या दुई लाख २२ हजार नाघेको छ भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ३३७ पुगेको छ।
मन्त्रालयले सोमवार अपराह्न प्रकाशित गरेको विवरणअनुसार अहिले देशभरि १८ हजार ८८४ जना सक्रिय सङ्क्रमित छन्।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ हजार ४३ छ ।