शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रमाना लिन बाँकी स्वास्थ्यकर्मीलाई साबिककै स्थानमा काम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

रमाना लिन बाँकी स्वास्थ्यकर्मीलाई साबिककै स्थानमा काम गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भई रमाना लिन बाँकी स्वास्थ्य सेवाका कर्मचारीलाई साविककै कार्यालयमा काम गर्न निर्देशन दिएको छ।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश र स्थानीय तहमा समायोजन भई रमाना लिन बाँकी स्वास्थ्य सेवाका कर्मचारीलाई साविककै कार्यालयमा काम गर्न निर्देशन दिएको छ।

मन्त्रालयले सचिवस्तरीय निर्णय गर्दै कोभिड अवधिभर रमाना नदिई काममा लगाउन प्रदेश तथा सबै स्थानीय तहलाई पत्राचार गरेको हो। 

महामारी सुरु भएपछि कात्तिक मसान्तसम्म रमाना नलिएका स्वास्थ्यकर्मीलाई साबिककै तह तथा कार्यालयमा काम गराउने निर्णय भएको मन्त्रालयको सूचनामा उल्लेख छ।

मन्त्रालयले समायोजन भएका स्वास्थ्यकर्मीलाई कोरोना अवधिभर रमाना नदिई हाल काम गरिरहेकै अस्पतालमा काममा लगाउन र तलब भुक्तानी गर्न निर्देशन दिएको छ।  
 

प्रकाशित: Nov 23, 2020| 07:31 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।