शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, पर्यटक गम्भिर घाइते 

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा पाइलटको मृत्यु, पर्यटक गम्भिर घाइते 

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको छ ।
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

पोखरा– पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक जना प्याराग्लाइडिङ पाइलटको मृत्यु भएको छ ।

फिष्टेल प्याराग्लाइडिङ कम्पनीका ३८ वर्षीय पाइलट राजु गैरे नेपालीको प्याराग्लाइडिङ दुर्घटनामा परी सोमबार पोखरामा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । 

पोखरा १८ सराङकोटबाट एक पर्यटक लिएर उडान गरेका नेपालीले ल्याण्डिङ गर्ने क्रममा खपौदी क्षेत्रमा दुर्घटनामा पर्दा उनको उपचार गर्न लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनका आफन्तले जनाएका छन् । उनीसँग प्याराग्लाइडिङ गरेकी एक पर्यटक काठमाडौं बुढानिलकण्ठ नगरपालिका २ वासीकु बस्ने २८ वर्षीया शिला श्रेष्ठ गम्भिर घाइते भएकी छन्। 

दुर्घटना पश्चात उनको पोखराको मेट्रोसिटि अस्पतालमा उपचार भएसँगै थप उपचारको लागि हेलिकोप्टर मार्फत काठमाडौं लगिएको नेपाल हवाई खेलकुद संस्था ना का अध्यक्ष कृष्ण भण्डारीले बताए ।

उनका अनुसार उनी खतरा मुक्त भएकी छन् । उक्त दुर्घटनाको बारेमा हाल केही भन्न नसकिने केही दिनपछि प्राविधिक टोलीले अनुसन्धान गरे पछि मात्र थाहा हुने उनले जनाए । प्याराग्लाइडिङ ल्याण्डिङ गर्ने स्थान भन्दा करिब एक किलोमिटर माथिल्लो क्षेत्रको डाँडामा प्याराग्लाइडिङ दुर्घटना भएको पोखरा १८ का वडा अध्यक्ष रणबहादुर थापाले बताए । 

ती पाइलटले पोखरामा विगत ७–८ वर्षदेखि प्याराग्लाइडिङ गराउँदै आएका थिए । कोरोनाका कारण पछिल्लो समयमा प्याराग्लाइडिङ गर्नेहरुको सङख्या ह्वात्तै बढेको अध्यक्ष भण्डारीले बताए । 

प्रकाशित: Nov 23, 2020| 12:17 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।