शुक्रबार, भदौ २६, २०८३

मोरङमा थप तीन कोरोना संक्रमितको मृत्यु 

पछिल्लो २४ घण्टामा मोरङमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

विराटनगर– पछिल्लो २४ घण्टामा मोरङमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ। 

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र, विराट शिक्षण अस्पताल र म्याक्स अस्पतालमा एक–एक जना संक्रमितको मृत्यु भएको हो। 

कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा झापाको मेचीनगर नगरपालिका–४ की ८२ वर्षीया वृद्धा महिलाको सोमबार बिहान मृत्यु भएको छ। उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा वृद्धामा मंसिर ४ गते कोरोना पुष्टि भएको थियो। 

इलामको सूर्योदय नगरपालिका–१० का ५५ वर्षीय पुरुषको मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालमा आइतबार राति मृत्यु भएको छ। अस्पतालको आइसोलेसन प्रमुख सुनिल देवका अनुसार पीसीआर रिपोर्ट पोजिटिभ आएपछि पुरुषलाई कात्तिक ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचारकै क्रममा पुरुषको राति १०ः३० बजेतिर मृत्यु भएको देवको भनाइ छ। 

म्याक्स अस्पताल विराटनगरमा उदयपुरकी कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। उदयपुरको त्रियुगा नगरपालिका–३ की ३२ वर्षीया महिलाको आइतबार साँझ ६ः३० बजेतिर मृत्यु भएको अस्पतालका सुपरभाइजर अमित मण्डलले जानकारी दिए। 

प्रदेश १ मा सोमबार सम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४३ पुगेको छ।
 

प्रकाशित: Nov 23, 2020| 10:53 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।