काठमाडौं– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले पार्टी सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको भेटघाट सत्ता साझेदारीका विषयमा नभएको बताएका छन्।
नेपाल प्रेस युनियन कपिलवस्तुले तौलिहवामा सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा डा. महतले कांग्रेस सत्ता साझेदारी गर्ने अभियानमा नभएको र साझेदारीको आवश्यकतासमेत नरहेको बताएका हुन्।
उनले वर्तमान सरकार पूर्णरुपमा असफल भएको पनि बताए। महतले भने ‘यो सरकार हरेक कोणबाट असफल भइसकेको छ, जनताको भावनाअनुसार काम गर्न सकेको छैन।’
जनताको स्वास्थ्यमा सरकारले चासो नदिएको पनि महतले बताए। उनले भने ‘सरकारले पीसीआर परीक्षणसमेत घटाएर जनताको स्वास्थ्यमा खेलबाड गर्दै छ।’
- रासस