शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिँदा दुईको मृत्यु 

भारतीय नम्बर प्लेटको ग्यास बुलेटले ठक्कर दिँदा दुईको मृत्यु 

पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका ६ हर्दीस्थित राजमार्गमा सोमबार साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

चितवन- पूर्व–पश्चिम राजमार्गको राप्ती नगरपालिका ६ हर्दीस्थित राजमार्गमा सोमबार साँझ ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

भारतीय नम्बर प्लेटको ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना स्थानीयवासीको मृत्यु भएको हो। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार घटनापछि स्थानीयवासीले सडक अवरुद्ध गरेका छन्। 

स्थानीयवासी र प्रहरीबीच सडकमा पटक पटक झडप भएको बताइएको छ। प्रहरीका अनुसार प्र ३–०३, ००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटरले ठक्कर दिएको थियो। 

ग्यास बुलेटलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। मृत्यु हुने दुबै जनाको सनाखत हुन सकेको छैन। उनीहरुलाई उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो। प्रहरीले बाटो खुलाउने प्रयास भइरहेको जनाएको छ।

प्रकाशित: Nov 23, 2020| 15:57 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।