शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीले ताप्लेजुङ पुगेर सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन गरे 

प्रधानमन्त्रीले ताप्लेजुङ पुगेर सामुदायिक स्वास्थ्य एकाइ भवन उद्घाटन गरे 

प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गरेका छन्। 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

ताप्लेजुङ– प्रधानमन्त्री केपी शर्मा ओलीले फक्ताङ्लुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक स्वास्थ्य एकाइ भवनको उद्घाटन गरेका छन्। 

घुन्सा फाउण्डेशनद्वारा निर्मित भवन उद्घाटनका लागि प्रधानमन्त्री ओली आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत घुन्सा पुगेका थिए। 

भवन उद्घाटअघि उनले नेपाल–चीन सीमा क्षेत्र ओलाङचुङगोलाको हवाई निरीक्षण गरे।

प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई, प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई र नेता सुवास नेम्बाङ पनि ताप्लेजुङ पुगेका छन्। 

ताप्लेजुङको दुर्गम स्थान घुन्सामा २०७१ सालमा स्वास्थ्य एकाइ स्थापना भएको थियो। 

- रासस
 

प्रकाशित: Nov 23, 2020| 08:24 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।