काठमाडौं– नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद बनेका मोहनबहादुर पाण्डेले शपथ लिएका छन्।
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका सांसद पाण्डेलाई सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा सोमबार पद तथा गोपनीयताको शपथ दिलाएका हुन्।
सांसद सूूर्यबहादुर केसीको निधनपछि रिक्त स्थानमा पाण्डे सांसद बनेका हुन्।
२०३७ सालदेखि कांग्रेसको राजनीतिमा सक्रिय पाण्डे २०६४ कोे संविधानसभा निर्वाचनमा स्याङ्जाबाट विजयी भएका थिए।