शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विस्फोटक पदार्थसहित चन्द समूहका ६ कार्यकर्ता पक्राउ

विस्फोटक पदार्थसहित चन्द समूहका ६ कार्यकर्ता पक्राउ

विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 
 |  सोमबार, मंसिर ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ८, २०७७

लम्जुङ– विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। 

दोर्दी गाउँपालिका– ५ खिमचोक पाँचस्वाँराबाट सोमबार दिउँसो प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापा नेतृत्वको टोलीले पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा लमजुङ इञ्चार्ज जङ्गबहादुर भण्डारी, जिल्ला सेक्रेटरी बिलबहादुर गुरुङ, जिल्ला कमिटी सदस्य नारायणबहादुर कुँवर, रवीन्द्र नखोला दुर्गालाल तामाङ र सुजन थापा छन्। 

उनीहरूको साथबाट विस्फोटक पदार्थ, पार्टीसँग सम्बन्धित कागजपत्र र नगद बरामद भएको प्रहरीले जनाएको छ। 

प्रहरीले उनीहरूले प्रयोग गरेको मोटरसाइकल र मोबाइल नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ। 

रासस
 

प्रकाशित: Nov 23, 2020| 14:54 सोमबार, मंसिर ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।