अहिले धरानमा रहेका मीन भन्छन्- अब बिस्तारै सामान्य जीवनमा फर्कने कोसिस गरिरहेको छु। फागुनमा काठमाडौं आउँछु। पुनर्जन्म पाएको जीवन जनताको सेवामा खर्चिन्छु।
एकजना गाडीमा सवार भएर निस्केको र अर्को बाइकमा बसेर जनताले कति दुःख पाए भनेर हेर्दै हिँडेको भन्दै उनले पुष्पकमल दाहाल र माधवकुमार नेपालमाथि व्यंग्य गरे।
संवैधानिक आयोगहरुमा भएको नियुक्तिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आयोजना गरेको आमहडतालका क्रममा प्रहरीले थुप्रै नेताकार्यकर्तालाई गिरफ्तार गरेको छ।
नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको आमहडताल तथा आगजनीको विरोध तथा भोलि शुक्रबारको जनसभाको तयारीस्वरुप केपी ओली नेतृत्वको नेकपाका युवा विद्यार्थीले काठमाडौंमा मार्चपास सुरू गरेका छन्।
नेकपाको दाहाल–नेपाल समूहले घोषणा गरेको आमहडताल साँझ ६ बजे सकिने उक्त समूहका प्रवक्ता तथा केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले जनाएका छन्।