उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको सचिवालय सदस्य इश्वर पोखरेलले ताजा जनादेशका लागि घोषणा गरिएको निर्वाचन सफल बनाउन सरकार लागिपरेको बताएका छन्।
संवैधानिक परिषद्ले विभिन्न आयोगहरुमा सिफारिस गरेका व्यक्तिहरुलाई गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक भएको भन्दै रिट लिएर सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन्।
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नयाँ संविधानपछि भएको निर्वाचनमा वाम गठबन्धन गरौँ र पार्टी एकता गरौँ भन्ने प्रस्तावक आफैं भए पनि यो दुर्घटनामा परेको बताए।
पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको खोप नै प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
प्रतिनिधिसभा विघटन र संवैधानिक निकायका पदाधिकारीहरुको असंवैधानिक नियुक्तिको विरुद्धमा आह्वान गरिएको देशव्यापी आमहडताल सफल भएको नेकपाको दाहाल नेपाल पक्षले निष्कर्ष निकालेको छ।