शुक्रबार, भदौ १९, २०८३

आगलागीबाट ३५ लाखभन्दा बढी क्षति

जिल्लाको चौदण्डी नगरपालिका–५ सिवाई सुन्दरपुरमा आगलागी हुँदा चार घर जलेर नष्ट भएका छन्।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

उदयपुर- जिल्लाको चौदण्डी नगरपालिका–५ सिवाई सुन्दरपुरमा आगलागी हुँदा चार घर जलेर भएका छन्। बिहीबार भएको आगलागीबाट  ३५ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

नगरपालिका–५ का वडाध्यक्ष देवनारायण चौधरीका अनुसार आगालागीबाट स्थानीय भोला चौधरी, अशोक चौधरी, धमेन्द्र चौधरीसहित चार वटा घर जलेर नष्ट भएको छ। भोला चौधरीको गोठको भुसको खरानी फाल्ने क्रममा भुसमा रहेको आगो सल्केर घर बाहिर फैलिएपछि आगलागी शुरु भएको अन्य घर पनि जल्न पुगेको हुनसक्ने वडाध्यक्ष चौधरीले बताए।

चार घर जलेर नष्ट हुँदा सो घरमा रहेको अन्न, लत्ताकपडा, नगद, भाडाँकुडासहित घरभित्रका सबै वस्तु जलेर नष्ट भएको उनले बताए।

उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालका अनुसार आगलागी हुनासाथ इलाका प्रहरी कार्यलय बेल्टार सशस्त्र प्रहरी बेल्टार र जिल्लाबाट प्रहरी घटनास्थल पुगेर चौदण्डी नगपालिकाको बारुणयन्त्र प्रयोग गरेर तीन घण्टामा आगलागी नियन्त्रण गरिएको हो।

प्रहरी र स्थानीयवासीको सक्रियताको कारण चार घर जलेर नष्ट भए पनि अन्यत्र आगो फैलन नियन्त्रण गरिएको प्रहरी प्रमुख दाहालले बताए। रासस

प्रकाशित: Feb 04, 2021| 14:55 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।