शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ : कमल थापा

राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ : कमल थापा

राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्ने बताएका छन्।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं- राप्रपाका अध्यक्ष कमल थापाले राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्ने बताएका छन्।

अध्यक्ष थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘राजा हटाएपछि लोकतन्त्रलाई कसैले चुनौती दिनसक्दैन भन्नेहरू अहिले लोकतन्त्रको हत्या भयो भन्दै सडक संघर्षमा उत्रिएका छन्। राजसंस्था प्रजातन्त्रको वाधक होइन। संविधानको परिधिभित्र राख्ने हो भने नेपालको भूराजनीतिक अवस्थामा राजसंस्था नै प्रजातन्त्र र राष्ट्रिय स्वतन्त्रताको संरक्षक हुनसक्छ।’

थापाले अगाडि भनेका छन्, ‘अहिले नेपालको राजनीति रेफ्री बिनाको खेल जस्तो छ। जसको शक्ति उसको भक्ति कायम छ। एकले अर्कोलाई समाप्त पार्ने प्रतिस्पर्धा चलेको छ। बढ्दै जाँदा राजनीतिक दल र नेताहरूको नियन्त्रणबाट परिस्थिति बाहिर जान्छ। त्यो रिक्त अवस्थामा गैरराजनीतिक शक्ति र विदेशीको हातमा देशको बागडोर जाने खतरा हुन्छ।’

उनले नेपालको परिस्थिति बिगार्न देशीविदेशी शक्तिहरू क्रियाशील रहेको भन्दै एकले अर्कोलाई गलत प्रमाणित गर्ने होडमा कोही पनि मतिभ्रम नबन्न आग्रह गरेका छन्।

थापाले केपी ओलीको गल्ती सच्याउन अर्को खतरनाक गल्ती नगर्नसमेत अनुरोध गरेका छन्।

उनले भनेका छन्, ‘यो धरातलीय यथार्थ बुझेर र विगतका कमजोरी हटाएर सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्ने प्रयास गरौँ।’

प्रकाशित: Feb 04, 2021| 13:45 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।