काठमाडौं – आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना छ।
त्यस्तै प्रदेश १ र बागमती प्रदेशका केही स्थानहरुमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव छ।
उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ।
महाशाखाका अनुसार भोलि पनि वर्षा र हिमपातको सम्भावना छ।
वर्षा र हिमपातका कारण चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।