काठमाडौं– संवैधानिक परिषद्ले विभिन्न आयोगहरुमा सिफारिस गरेका व्यक्तिहरुलाई गरिएको नियुक्ति र शपथ ग्रहण गैरसंवैधानिक भएको भन्दै रिट लिएर सभामुख अग्निप्रसाद सापकोटा सर्वोच्च अदालत पुगेका छन्।
उनीसहित नेकपाका नेताहरु पनि पुगेका छन्। विघटित प्रतिनिधिसभाका सांसद एवम् नेकपा नेतृ रामकुमारी झाँक्रीले सभामुखसहित रिट निवेदन दर्ता गर्न सर्वोच्च अदालत पुगेको जानकारी दिइन्।
‘अहिले अदालतमा छौं, रिट दर्ता भइसकेको छैन,’ उनले भनिन्।