शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ओली नेतृत्वको समूह नेकपाबाट चोइटिएको शक्ति हो : नेपाल 

ओली नेतृत्वको समूह नेकपाबाट चोइटिएको शक्ति हो : नेपाल 

नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी बन्नका लागि विधि, विचार र पद्धतिमा चल्नुपर्ने बताएका छन्। 
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

ललितपुर– नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी बन्नका लागि विधि, विचार र पद्धतिमा चल्नुपर्ने बताएका छन्।

ललितपुरमा नेकपाको दाहाल नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले नेकपा बिटमा रिपोर्टिङ गर्ने पत्रकारसित आयोजना गरेको छलफल कार्यक्रममा उनले, ‘सडकमा आर्मीका बंकर प्रदर्शन गरे पनि कोही तर्सिनेवाला छैन’ भने। 

उनले हिँजो गरिएको आमहडतालका क्रममा आफूहरुमाथि दमन गरिएको बताए। उनले केपी ओलीको निर्देशनमा प्रहरीले ज्यादती, दमन र निरंकुशता देखाएको बताए। 

उनले आफूहरु नेतृत्वको नेकपा वैधानिक भएको जिकिर गर्दै भने–‘केपी ओली विधि, पद्धति र विचारबाट विचलित भएर एक झुण्डको नेतृत्वमा छन्। त्यो पार्टीलाई बालकोटमा लगेर चलाए हुन्छ।’  

प्रकाशित: Feb 05, 2021| 03:23 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।