शुक्रबार, भदौ १९, २०८३

सबै समस्याको समाधान निर्वाचनले नै गर्छ : पोखरेल

उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको सचिवालय सदस्य इश्वर पोखरेलले ताजा जनादेशका लागि घोषणा गरिएको निर्वाचन सफल बनाउन सरकार लागिपरेको बताएका छन्।
 |  शुक्रबार, माघ २३, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २३, २०७७

काठमाडौं– उपप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको सचिवालय सदस्य इश्वर पोखरेलले ताजा जनादेशका लागि घोषणा गरिएको निर्वाचन सफल बनाउन सरकार लागिपरेको बताएका छन्।

उक्त समूहले आज शुक्रबार आयोजना गरेको सभालाई सम्बोधन गर्दै उनले निर्वाचन घोषणालाई ऐतिहासिक भन्दै सबै कुराको फैसला निर्वाचनले नै गर्ने तर्क गरे।

लामो समयदेखिको राजनीतिक अस्थिरताबाट मुलुकलाई स्थायित्व दिँदै आर्थिक समृद्धिको दिशामा अगाडि बढाउने र अराजकता अन्त्य गर्ने सरकारको चाहनामा पार्टीभित्रबाटै अवरोध आएपछि मध्यावधि निर्वाचनमा जानुपरेको उनको भनाइ छ। 

कम्युनिस्ट पार्टीहरूको एकता राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धिको बाटो खुलाउन र जनताले बनाएको संविधानको रक्षा गर्दै राष्ट्रियता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्न गरिएको उनले बताए।

तर, यी चाहनाहरू संकटमा परेको भन्दै उनले चिन्ता व्यक्त गरे। ‘प्रधानमन्त्रीले हिजो जनतासँग जे संकल्प लिनुभएको थियो, त्यो पूरा नहुँदासम्म हामी पछि हट्दैनौं,’ उनले भने।

प्रकाशित: Feb 05, 2021| 08:54 शुक्रबार, माघ २३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।