शुक्रबार, भदौ १९, २०८३

८ दिनमा डेढ लाखभन्दा बढीले लगाए कोरोनाको खोप

नेपालमा १ लाख ५८ हजार ४८७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– नेपालमा १ लाख ५८ हजार ४८७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ मा २१ हजार  ७५४, प्रदेश २ मा २१ हजार १८५, बागमतीमा ५५ हजार ५०४ जनाले खोप लगाइसकेका छन्। त्यस्तै गण्डकीमा १७ हजार २६७, लुम्बिनीमा २३ हजार ७९८, कर्णालीमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९०७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्। 

कोरोनाविरुद्धको खोप लिनका लागि मापदण्डअनुसार नाम दर्ता गराएका समूहलाई मात्र खोप दिइएकोमा आज स्वास्थ्य मन्त्रालयले यस निर्णयलाई परिमार्जन गर्दै परिचयपत्रको आधारमा पनि स्वास्थ्यकर्मीलाई खोप दिने जनाएको छ।

मन्त्रालयले नाम दर्ता गर्न छुटेका स्वास्थ्यकर्मीले नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नेपाल फार्मेसी काउन्सिलको दर्ता प्रमाण पत्र र फोटोसहितको परिचय पत्र लिएर सम्बन्धित खोप केन्द्रमा गएर खोप लगाउन सकिने जनाएको छ। 

माघ १४ देखि सुरु भएको पहिलो चरणको खोप अभियान माघ २४ गतेसम्म चल्ने मन्त्रालयले जनाएको छ। 

प्रकाशित: Feb 04, 2021| 12:35 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।