धनगढी– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको आमहडतालका दिन कैलालीको सडकमा नेपाली सेनाका बख्तरबन्द गाडी देखिएका छन्।
दाहाल–नेपाल समूहले देशभर आमहडताल सफल पार्न प्रदर्शन गरिरहेको बेला नेपाली सेनाका बख्तरबन्द गाडी सडकमा देखिएका हुन्।
बाँकेको नेपालगन्जबाट आएका बख्तरबन्द गाडी अत्तरियामा केहीबेर रोकिएको थियो। त्यसपछि धनगढीतर्फ आएका थिए।
चारवटा बख्तरबन्द गाडी धनगढीस्थित बोराडाँडीस्थित नेपाली सेनाको ब्यारेकमा गएका छन्।
हडतालका कारण आज कैलालीलगायत सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा जनजीवन प्रभावित छ।
लामा तथा छोटा दूरीका गाडी चलेका छैनन् भने विद्यालय, उद्योगधन्दा, कलकारखाना, व्यापार, व्यवसाय ठप्प छन्।