शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किसानलाई प्रधानमन्त्रीले भने– जमिन खाली हुन नदिनुस्

किसानलाई प्रधानमन्त्रीले भने– जमिन खाली हुन नदिनुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई जमिन खाली हुन नदिन आग्रह गरेका छन्। 
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई जमिन खाली हुन नदिन आग्रह गरेका छन्। 

अखिल नेपाल किसान महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन्। 

‘जमिन खाली हुन नदिनुस्, खाली हुन त प्रकृतिले पनि दिँदैन नि। केही न केही झारपात त उम्रिहाल्छ। त्यसैले जमिन खाली हुन नदिनुस,’ उनले भने, ‘आज जमिन बाँझो राख्ने गरेकै कारण समस्या आएको हो। अब यसो हुनु हुँदैन।’

उनले मलखाद, सिँचाइ, उन्नत बिउ लगायतका विषयमा सरकार गम्भीर रहेको बताए।

‘वास्तविक किसानले अनुदान पाइरहेका हुँदैनन्। टाठाबाठाले मात्रै पाउने अहिलेसम्मको चलन थियो,’ उनले भने, ‘सरकारले वास्तविक किसानलाई ध्यानमा दिने हिसाबले ध्यान दिइरहेको छ।’  

उनले कृषिमा आधुनिकीकरण आजको आवश्यकता भएको भन्दै सरकारले अब कृषिकै माध्यमबाट आर्थिक क्रान्ति अघि बढाउने योजना ल्याइरहेको बताए। 

‘कृषिको व्यवसायीकरण नभर्इकन, आत्मनिर्भर नभईकन हुँदैन,’ उनले भने, ‘त्यसका लागि उत्पादन र उत्पादकत्व वद्धि गर्नुप¥यो। त्यसपछि निर्यातको व्यवस्था हुनुप¥यो। तर, आज हामी अर्बौंको आयात गरिरहेका छौं’, उनले भने।

प्रकाशित: Feb 04, 2021| 09:59 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।