शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप, वडाध्यक्ष घाइते

बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप, वडाध्यक्ष घाइते

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको एकदिने आमहडतालको क्रममा महोत्तरीको बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

जनकपुरधाम– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आह्वान गरेको एकदिने आमहडतालको क्रममा महोत्तरीको बर्दिवासमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। 

झडपमा बर्दिवास नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष राजन ढुंगाना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो। सड़क खुलाउने क्रममा सामान्य झड़पमात्रै भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा नेकपा प्रदेश २ का सदस्य शंकर महतो, बर्दिवास नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष चुडामणि पोखरेल, वडा सदस्य निरज अधिकारी, वडा नम्बर–३ का वडाध्यक्ष राजन ढुंगानालगायत घाइते भएका छन्।

उनीहरुको हात, खुट्टा र टाउकोमा चोट लागेको छ। वडा नम्बर–३ का अध्यक्ष ढुङ्गानाको टाउकोमा गम्भीर चोट लागेको छ। 

प्रकाशित: Feb 04, 2021| 08:39 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।