शुक्रबार, भदौ १९, २०८३

कार्यकर्ताले एमसीसी चाहिँदैन भनेपछि दाहालले रोके

कार्यकर्ताले एमसीसी चाहिँदैन भन्दै नारा लगाउन थालेपछि भने दाहालले पम्फालाई सुटुक्कै रोकेका थिए।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले आज आमहड्तालको आह्वान गरेको छ। 

आन्दोलनको कार्यक्रम सफल बनाउन दुवै अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालसहितका नेताहरु राजधानीका सडकमा निस्किएका छन्।

दाहाल बिहीबार बिहान सातदोबाटामा सहभागी भए। त्यहाँबाट पुल्चोकमामा सहभागी हुन पुगेका उनले कार्यकर्ताले प्रतिगमन मुर्दाबाद भन्दै नाराबाजी गरेपछि उनले पनि नारा लगाएर समर्थन गरेका थिए।

स्थायी कमिटी सदस्य पम्फा भुसालको नेतृत्वमा प्रदर्शन भइरहेको थियो। त्यसै क्रममा कार्यकर्ताले एमसीसी चाहिँदैन भन्दै नारा लगाउन थाले। तर दाहालले पम्फा भुसाललाई सुटुक्कै यस्ताे नारा नलगाउन निर्देशन दिएका थिए। दाहालकाे यस्ताे निर्देशनपछि उक्त नारा लगाउन रोकिएको थियो। 

आमहडताल सफल पार्न दाहाल आफैं प्राडो गाडी चढेर अनुगमनमा निस्किएका थिए। उनले सर्वसाधारण नागरिकको आवागमन ठप्प पारेर आफू भने गाडीमा सवार भएर आन्दोलनमा निस्केको भन्दै सामाजिक सञ्जालमा विरोध भएको छ।

प्रकाशित: Feb 04, 2021| 08:23 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।