जनकपुरधाम– प्रहरी र प्रदर्शनकारीबीच भएको झड़पमा परी घाइते भएका पूर्वमन्त्री रामचन्द्र झासहितका नेताहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
नेकपा दाहाल नेपाल समूहले आह्वान गरेको बन्दई सफल पार्न सडकमा उत्रेका नेता–कार्यकर्ता र प्रहरीबीच शिव चोकमा झड़प भएको थियो।
झड़पमा परी घाइते भएका पूर्वमन्त्रीहरु झा, मातृका यादव, शहीदनगर नगरपालिकाका प्रमुख उदयकुमार बरबरिया र प्रदीप साहलाई थप उपचारका लागि काठमाडौँ पठाइएको हो।
यसअघि घाइतेहरुलाई तत्कालै जनकपुरधामको प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि उनीहरुलाई साँझ साढे ५ बजे काठमाडौँ पठाइएको हो । प्रहरीको लाठी चार्जबाट पूर्वमन्त्री झा र प्रदीप साहको टाउकोमा चोट लागेको छ।