शुक्रबार, भदौ १९, २०८३

विराटनगरमा यस्तो देखियो नेकपाको बन्द (तस्बिरहरु)

नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध देशव्यापी गरेको आमहड्तालको प्रभाव विराटनगरमा पनि परेको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

विराटनगर– नेकपाको दाहाल–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध देशव्यापी गरेको आमहड्तालको प्रभाव विराटनगरमा पनि परेको छ।

छिटफुट घटनाबाहेक बन्द शान्तिपूर्ण रह्यो। बिहीबार बिहानैदेखि बन्दको असर विराटनगरमा परेको थियो। बन्दका कारण यातायात, शिक्षण संस्था, उद्योग, पसल ठप्प रहे। कोशी राजमार्गको विराटनगर खण्डमा मोटरसाइल र अत्यावश्यक बाहेकका सवारी गुडेनन्। 

बन्दकर्ताले विराटनगरमा ४ वटा सवारीमा तोडफोड गरेका छन्। एक सरकारी, एक निजी र २ वटा भारतीय नम्बरका सवारीमा तोडफोड भएको छ। जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ९११८, बा १६ च ४४०४ नम्वरको निजी र बिआर–१०–जीए ९७६० र यूपी–२१–बिएन–१५१३ नम्बरको मालवाहक ट्रकमा तोडफोड भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले बताए।

बन्दकर्ताहरूले विराटनगर महानगरपालिका–२ मा रहेको चियानास्ता पसलमा तोडफोड गरेको पसल सञ्चालक ४० वर्षीय वसन्ती सहनीले बताइन्। तोडफोड गर्नेहरूलाई रोक्ने क्रममा तातो तेल उछिट्टिएर लाग्दा २२ वर्षीया छोरी बबिता सहनी घाइते भएको वसन्ती सहनीले बताइन्। 

सवारी तोडफोडको आरोपमा दाहाल–नेपाल समूहका जिल्ला संघर्ष समितिका सहसंयोजक पारूल क्षेत्री, विराटनगर महानगर सङ्घर्ष समिति सहसंयोजक मीरा दाहाल, नेकपा विराटनगर महानगर सचिवालय सदस्य शारदा मैनाली, विराटनगर महानगरपालिका–६ का कार्यपालिका सदस्य चम्पादेवी कार्की र अनेरास्ववियु जिल्ला सचिवालय सदस्य उमेश ढुंगानालाई विराटनगर महानगरपालिका–२ तीनपैनीस्थित दाहाल–नेपाल समूहको जिल्ला कार्यालयबाट गिरफ्तार गरेको जिल्ला सङ्घर्ष समिति मोरङ संयोजक गणेश उप्रेतीले बताए। 

उप्रेतीले बिहीबार विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन्। प्रहरीले पक्राउ गर्ने क्रममा भएको घम्साघम्सीमा पारुल क्षेत्रीको गोडामा चोट लागेको छ। 

बन्द सफल बनाउने क्रममा बन्दकर्ताले विराटनगरको शनिमन्दिर, महावीर चोक, शिवमन्दिर र तीनपैनी चोकमा टायर बालेर प्रदर्शन गरेका थिए। बन्दकर्ताले मोरङको पथरीशनिश्चरे नगरपालिका–१ स्थित चोकमा पनि टायर बालेर पूर्व पश्चिम राजमार्ग अवरोध गरेको मोरङ प्रहरीले जनाएको छ। 

विराटनगरबाहेक मोरङका अन्य सहरमा बन्दको असर सामान्य परेको छ। राजमार्गसँग जोडिएका उर्लाबारी, पथरीशनिश्चरे, बेलबारी, बुढीगंगा लगायतका स्थानमा बन्दको असर सामान्य देखिएको छ। 

प्रकाशित: Feb 04, 2021| 11:57 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।