शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • हडतालकै बीच ओली पक्षीय नेकपाका युवा विद्यार्थीको मार्चपास

हडतालकै बीच ओली पक्षीय नेकपाका युवा विद्यार्थीको मार्चपास

नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको आमहडताल तथा आगजनीको विरोध तथा भोलि शुक्रबारको जनसभाको तयारीस्वरुप केपी ओली नेतृत्वको नेकपाका युवा विद्यार्थीले काठमाडौंमा मार्चपास सुरू गरेका छन्।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको आमहडताल तथा आगजनीको विरोध तथा भोलि शुक्रबारको जनसभाको तयारीस्वरुप केपी ओली नेतृत्वको नेकपाका युवा विद्यार्थीले काठमाडौंमा मार्चपास सुरू गरेका छन्।

विघटित प्रतिनिधिसभाका सांसद एवम् केन्द्रीय सदस्य महेश बस्नेतको नेतृत्वमा मार्चपास सुरु भएको हो।

युवा विद्यार्थीहरुले काठमाडौंका विभिन्न स्थानबाट मार्चपास निकालेका छन्। प्रदर्शनीमार्गबाट सुरू भएको मार्चपास कान्तिपथ हुँदै सहर परिक्रमा गर्ने बताइएको छ।

दाहाल–नेपाल समूहका कार्यकर्ता हडताल सफल पार्न सडकमा भइरहेका बेला ओली समूहका युवा विद्यार्थीहरु मार्चपासमा निस्केपछि झडपको स्थिति नहोस् भन्नका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ।

प्रकाशित: Feb 04, 2021| 09:27 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।