शुक्रबार, भदौ १९, २०८३

नेकपा दाहाल-नेपाल समूहको हडताल : कोको भए गिरफ्तार ?

संवैधानिक आयोगहरुमा भएको नियुक्तिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आयोजना गरेको आमहडतालका क्रममा प्रहरीले थुप्रै नेताकार्यकर्तालाई गिरफ्तार गरेको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं- संवैधानिक आयोगहरुमा भएको नियुक्तिको विरोधमा नेकपाको दाहाल–नेपाल समूहले आयोजना गरेको आमहडतालका  क्रममा प्रहरीले थुप्रै नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ।

आमहडताल सफल बनाउन बिहानै कलंकीमा निस्किएकी स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई प्रहरीले गिरफ्तार गरेको थियो भने अरु थुप्रै नेता कार्यकर्ताहरु गिरफ्तारीमा परेका छन्।

दाहाल नेपाल समूहले बिहीबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार काठमाडौंसहित थुप्रै सहरमा नेता कार्यकर्ता गिरफ्तार भएका छन्।

जसमध्ये शाक्यसहित केन्द्रीय सदस्य तथा केन्द्रीय संघर्ष समितिका सचिव डा. विजय पौडेल, केन्द्रीय कमिटी सदस्य हितमान शाक्य गिरफ्तार भएका छन्।

यस्तै केन्द्रीय कमिटी सदस्य तथा अखिल नेपाल महिला संघकी अध्यक्ष अमृता थापालगायतका नेता कार्यकर्ताहरु पनि बिहानै गिरफ्तार भएका छन्।

यस्तै चाबहिलबाट केन्द्रीय कमिटी सदस्य कृष्ण केसीसहितका नेताहरुलाई गिरफ्तार गरिएको छ भने बागबजारबाट युवा नेता रमेश मल्लसहित विद्यार्थीहरु गिरफ्तारीमा परेका छन्।

काठमाडौंका विभिन्न स्थानबाट गिरफ्तार गरिएका ७२ जना नेता–कार्यकर्तालाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा राखिएको दाहाल नेपाल समूहले जनाएको छ।

तनहुँमा केन्द्रीय कमिटी सदस्य प्रतापलाल श्रेष्ठका साथै अतिन्द्रकेशरी न्यौपाने, ओमराज आले, विष्णुभक्त सिग्देल, श्रीराम कार्कीसहित १६ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ।

जनकपुरमा आम हड्तालका क्रममा निस्किएको जुलुसमाथि पछाडिबाट फायर चलाइएको दाहाल नेपाल समूहको दाबी छ। घटनामा केन्द्रीय कमिटी सदस्य रामचन्द्र झाको टाउको तीन ठाउँमा गम्भीर चोट लागेको र स्थायी कमिटी सदस्य मात्रिका यादवको खुट्टामा चोट लागेको जनाइएको छ।

प्रहरीको प्रहारबाट कारिराम यादवको टाउको र उमेश साहको हात र छातीमा गम्भीर चोट लागेको छ। त्यहाँ १० जना कार्यकर्तालाई घाइते बनाइएको र १२ जनालाई गिरफ्तार गरिएको बताइएको छ। 

यस्तै वीरगञ्जमा रामबाबु बैठा, रहबर अन्सारी, मनोज चौधरी, प्रभाकर गुप्तालगायतका ३५ जना नेता कार्यकर्ता पक्राउ परेका छन्।

सिराहामा विवेक परियार, विराट मण्डललगायतका नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ। दाहाल नेपाल समूहले जनाएको छ। गिरफ्तार हुनेमा बाराबाट मुकेश साह, जवाहिर अन्सारी, हरिओम साह, राजेश पटेलसहित ६ जना छन्।

विराटनगरमा पारुल क्षेत्रीसहित ७ जना नेता–कार्यकर्तालाई गिरफ्तार गरिएको छ भने धरानमा तीन जनालाई गिरफ्तार गरिएको छ।
यस्तै कास्कीमा विनायक तिमिल्सेनालाई गिरफ्तार गरिएको दाहाल नेपाल समूहले विज्ञप्ति मार्फत् जानकारी दिएको छ।

प्रकाशित: Feb 04, 2021| 10:05 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।