काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रीय कमिटीको बैठक बोलाउन आग्रह गरेका छन्।
फेसबुकमार्फत् उनले आफूले केन्द्रीय समितिको बैठक बोलाउन आग्रह गरेको जानकारी दिएका छन्।
‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन्। संसद् छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ति त्यसैको पछिल्लो कडी हो,’ उनले भनेका छन्,
‘यस्तो अवस्थामा नेपाली कांग्रेसजस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक छ। मैले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय समिति बैठक तत्काल बोलाएर आवश्यक छलफल गर्न भनेको छु।’