शुक्रबार, भदौ १९, २०८३

सहिदका शालिक रातारात गायब

महोत्तरीस्थित जलेश्वर–जनकपुर सडक खण्डको परिकौली चोकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई सहिदको शालिक बुधबार राति चोरी भएको छ।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

जलेश्वर– महोत्तरीस्थित जलेश्वर–जनकपुर सडक खण्डको परिकौली चोकमा स्थापना गरिएको मधेश आन्दोलनका दुई सहिदको शालिक बुधबार राति चोरी भएको छ।

मधेश आन्दोलन ०७२–७३ मा महोत्तरी जिल्लामा सुरक्षाकर्मीको गोली लागी सहिद भएका जलेश्वर नगरपालिका–११ का वीरेन्द्र विच्छा र वडा नं ९ का राजेश ठाकुर दुवैको शालिक चोरी भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
    
वडा नं ११ र वडा नं ९ को साझा चोकको रुपमा रहेको परिकौली चौकमा ५–७ फिट अग्लो बुर्जामाथि राखिएको दुवै जनाको प्रतिमा आज बिहान सो स्थानमा नरहेको वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादवले बताए।

वडाध्यक्ष यादवले गएराति ११–१२ बजेसम्म शालिक चोकमै रहेको स्थानीयवासीको भनाइ उद्धृत गर्दै मदिरा सेवन गर्नेहरुले शालिक चोरी गरेको हुनसक्ने आशङ्का व्यक्त गरे।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट आज बिहानैदेखि प्रहरी टोली परिचालन गरी शालिकको व्यापक रुपमा खोजतलाश भइरहेको र घटनामा संलग्न व्यक्तिको पनि खोजतलाश भइरहेको प्रहरी उपरीक्षक टीकाबहादुर केसीले बताए।
 

प्रकाशित: Feb 04, 2021| 08:43 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।