शुक्रबार, भदौ १९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्थायी कमिटी सदस्य शाक्यसहित देशैभर १२३ जना नियन्त्रणमा

स्थायी कमिटी सदस्य शाक्यसहित देशैभर १२३ जना नियन्त्रणमा

नेकपाकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, नेताहरु हितमान शाक्य, अमृता थापासहित १२३ जना नेताकार्यकर्ता नियन्त्रणमा लिइएको हो।
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

काठमाडौं– प्रतिनिधिसभा विघटन, संवैधानिक निकायमा पदाधिकारी नियुक्ति र भूमि आयोग गठनविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको आमहडलका क्रममा प्रहरीले अपराह्नसम्म देशभरबाट १२३ जना नेताकार्यकर्तालाई नियन्त्रणमा लिएको छ।

नेकपाकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, नेताहरु हितमान शाक्य, अमृता थापासहित १२३ जना नेताकार्यकर्ता नियन्त्रणमा लिइएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवरका अनुसार काठमाडौं उपत्यकामा ७९ जना नेताकार्यकर्ता पक्राउ परेका छन्।

‘बिहान सामाखुसीमा एक ट्याक्सीमा आगजनी र देशका केही स्थानमा तोडफोड भयो,’ उनले भने, ‘अहिले आन्दोलनरत पक्ष विभिन्न ठाउँमा प्रदर्शन र धर्ना गरिरहेको छ। अरू अवस्था सामान्य छ।’

उनका अनुसार देशभर आहडताललाई लक्षित गरेर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्।

प्रहरीले जबरजस्ती बन्द गराउने, आगजनी, तोडफोड लगायतका गतिविधि भएमा कानुनअनुसार नियन्त्रणमा लिएर कारबाही गर्ने बताएको छ। 

आमहडताल सफल बनाउन उपत्यकामा दाहाल–नेपाल समूहका दुवै अध्यक्षसहित अन्य शीर्ष नेताहरु विभिन्न ठाउँमा सहभागी भएका छन्।

आमहडतालको प्रभाव सामान्य देखिएको छ। उपत्यकामा सवारीसाधन आशिंक रुपमा सञ्चालन भइरहेका छन् भने बजार व्यवसाय पनि आशिंक खुलेका छन्।

प्रकाशित: Feb 04, 2021| 07:46 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।