शुक्रबार, भदौ १९, २०८३

विराटनगरमा गाडी तोडफोड गर्ने ६ जना पक्राउ

प्रहरीले विराटनगरबाट गाडी तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरु नेकपाको दाहाल–नेपाल समूहका कार्यकर्ता हुन्।  
 |  बिहीबार, माघ २२, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २२, २०७७

विराटनगर– प्रहरीले विराटनगरबाट गाडी तोडफोडमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरु नेकपाको दाहाल–नेपाल समूहका कार्यकर्ता हुन्।
 
मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले गाडी तोडफोड गर्दै गर्दा दाहाल–नेपाल समूहका जिल्ला संघर्ष समितिका सह–संयोजक पारुल क्षेत्री र महेन्द्र मोरङ क्याम्पस अनेरास्ववियुका सह–इन्चार्ज उमेश ढुंगानालाई पक्राउ गरिएको बताए।

त्यस्तै तोडफोडमा संलग्न दाहाल–नेपाल समूहका कार्यकर्ता शारदा मैनाली, मीरा दाहाल, संगम चौधरी र चम्पा कार्कीलाई पनि नियन्त्रणमा लिएको जानकारी राईले दिए। 

बन्दकर्ताले जिल्ला स्वास्थ्य कार्यालय धनकुटाको बा १ झ ९११८ नम्बरको गाडी विराटनगर महानगरपालिका–२ तीनपैनी चोकमा तोडफोड गरेका थिए। दाहाल–नेपाल समूहका कार्यकर्ताले  महेन्द्रचोकमा बा १६ च ४४०४ र विराटनगर–१० रोडशेष चोकमा एउटा भारतीय नम्बर प्लेटको स्कोरपिओ गाडी तोडफोड गरेको डिएसपी राईले बताए। 
 

प्रकाशित: Feb 04, 2021| 09:20 बिहीबार, माघ २२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।