प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाविरुद्धको आन्दोलन थप सशक्त बनाउनुपर्ने राय बारलाई दिइएको छ। सर्वोच्च बारले दिएको सुझावमा प्रधानन्यायाधीशले न्यायालयको हुर्मत लिएको उल्लेख गरिएको छ।
माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र चीनको सत्तारूढ दल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)बीच भर्चुअल अन्तर्क्रिया भएको छ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राजदूतमा सिफारिस साझा व्यक्तिहरूलाई गर्न सुझाव दिएका छन्। दक्षताका आधारमा राजदूत नियुक्ति गर्दा नियुक्त हुने व्यक्ति र देशका लागि राम्रो हुने उनको भनाइ छ।
नेकपा (एमाले) ले प्रारम्भिक कमिटीदेखि केन्द्रीय कमिटीसम्म न्यूनतम् ३३ प्रतिशत महिलासहित मुलुकको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व सुनिश्चित गरेपछि सकारात्मक सन्देश प्रवाह भएको छ।
‘हिजो प्रधानमन्त्री शेरबहादुरजीले एमसीसीबारे बोलिदिनुभएछ– प्रचण्डजीले र मैले चिठी पठाइसकेका छौं भनेर। त्यसपछि देशैभरि साथीहरुको तरंग पैदा भएको छ। तर, वास्तवमा त्यस्तो चिठी पठाएको हैन।