बिहीबार, भदौ ४, २०८३

संसद् अधिवेशन मंसिर २८ गते आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन्।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर २८ गते संसद अधिवेशन आह्वान गरेकी छन्।

मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन मंसिर २८ गते दिउँसो २ बजे बैठक बस्‍ने गरी आह्वान गरेकी हुन्।

यसअघि कात्तिक २५ राति १२ बजेदेखि संघीय संसद्‌को वर्षे अधिवेशन अन्त्य गरिएको थियो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट संसद् अन्त्य र आह्वान गर्ने व्यवस्था छ। 

प्रकाशित: Dec 02, 2021| 19:02 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...