बिहीबार, भदौ ४, २०८३

यी हुन् कांग्रेस अधिवेशन तत्काल नहुने १६ जिल्ला

नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं– नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ। केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ। 

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लामा महाधिवेशन पछाडि गर्ने जानकारी दिएका हुन्।

बुधबारसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। सातमध्ये प्रदेश २ का आठ जिल्लामा भने अधिवेशन नै भएका छैनन्। प्रदेश २ मा क्षेत्रीय अधिवेशनसमेत हुन सकेको छैन। महाधिवेशनपछि मात्र अधिवेशन हुने जिल्लामा कैलाली,  बाँके, सिन्धुली, 

चितवन र मकवानपुर छन्। यस्तै बारा, धनुषा, महोत्तरी र पर्सामा पनि महाधिवेशन पछि मात्र जिल्ला अधिवेशन हुने भएको छ। रौतहट

सर्लाही, सप्तरी, सिराहा, सिन्धुपाल्चोक, नवलपरासी (बर्दघाटपूर्व) र अछाममा पनि जिल्ला अधिवेशन पछाडि धकेलिएको छ।

प्रकाशित: Dec 02, 2021| 14:22 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...