काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले प्रतिगमनलाई असफल बनाएको बताएका छन्।
पार्टी मुख्यालयमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले प्रतिगमनलाई असफल बनाउन अघिल्लो वर्ष लाखौं जनता सडकमा ओर्लिएको बताए।
गत सालको प्रतिगमन विरोधी आन्दोलनमा लाखौँ जनता परिचालित गर्यौँ र त्यो प्रतिगमनलाई असफल बनायौँ’, उनले भने, ‘जनताको साथ लिएर संविधान र जनताको परिवर्तनलाई उल्ट्याउन खोज्ने तत्त्वलाई बालुवाटारबाट निकालेर बालकोट पुर्याइयो।’
जस्तोसुकै मूल्य चुकाएर भए पनि संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने प्रचण्डको प्रतिबद्धता छ। समानुपातिक समावेशीलाई आफूहरूले व्यवहारमा लागू गरिसकेको भन्दै उनले आफूहरुकै कारण स्थानीय तहमा सबैको प्रतिनिधित्व भएको दाबी गरे।