बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेता- कार्यकर्तालाई देउवाको निर्देशन - आगामी निर्वाचनमा केन्द्रित हुनुस्

नेता- कार्यकर्तालाई देउवाको निर्देशन - आगामी निर्वाचनमा केन्द्रित हुनुस्

नेपाली कांग्रेसको बिहीबार हुने प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन्।
 |  बिहीबार, मंसिर १६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १६, २०७८

काठमाडौं- प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निकट भविष्यमा हुने तीनै तहको निर्वाचनमा केन्द्रित हुन नेता-कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्। 

नेपाली कांग्रेसको बिहीबार हुने प्रथम प्रदेश अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले केही महिनाभित्रै स्थानीय तहको र एक वर्षभित्र संघ र प्रदेशको निर्वाचन हुने भन्दै पार्टीको अधिवेशन लगत्तै चुनावतर्फ केन्द्रित हुन निर्देशन दिएका हुन्। 

उनले पार्टीभित्रको आन्तरिक चुनावमा हुने हार-जित स्वभाविक प्रक्रिया र लोकतान्त्रिक अभ्यास भएको भन्दै आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रीत हुन आग्रह गरे। 

उनले भने, ‘हामी केही महिनाभित्रै स्थानीय तहको निर्वाचन, एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जाँदैछौं। त्यसैले पनि अधिवेशन लगत्तै हाम्रो ध्यान चुनावतर्फ केन्द्रीत हुनुपर्दछ। हाम्रा आन्तरिक चुनावमा हुने जित-हार एउटा स्वभाविक प्रक्रिया हो। लोकतान्त्रिक अभ्यास हो। त्यसैले तपाईंहरुले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासको रुपमा लिएर आगामी दिनमा जनताको विश्वास जित्नेगरी चुनावमा केन्द्रित हुनुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री देउवाले प्रदेश अधिवेशनमा नेपाली कांग्रेसलाई थप सशक्त र बलियो बनाएर जनताको मन जित्‍ने रणनीति बनाउने विषयमा पनि छलफल गर्न आग्रह गरे। उनले लोकतन्त्र बलियो भए मात्रै मुलुक समृद्ध हुने भन्दै विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्नसक्ने दाबी गरे।

प्रकाशित: Dec 02, 2021| 16:16 बिहीबार, मंसिर १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...